डोटीको बोगटानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Image
maya metro

डोटी – डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार साँझ डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवरा चौतारा चनुकांडाको फुलेढुङ्गामा ट्याक्टर दुर्घटना हुँदा चनुकांडाका १७ वर्षीय जीवन भुलको मृत्यु भएको हो।

nisarga

सुप प्र ०१००२ त ४७७६ नम्बरको ट्याक्टरमा सवार उनको मृत्यु भएको चनुकाँडा प्रहरी कार्यालय चवरा चौताराका वरिष्ठ हवलदार लक्षि नाथले बताए।

उनका अनुसार खत्याडी माद्यामीक विद्यालयको लागि टुँडागाडबाट बालुवा लिएर खत्याडी जाँदै गरेको बेला ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर सडकबाट करिब १० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।अहिले ट्याक्टर चालक प्रेम चौधरी प्रहरीको नियन्त्रणमा छन् ।