सुदूरपशिचमका पहाडी जिल्ला डोटी र डडेल्धुरामा ट्रायल सेन्टरको उद्घाटन

Image
maya metro

धनगढी – सुदूरपशिचमका पहाडी जिल्ला डोटी र डडेल्धुरामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि प्रयोगात्मक परीक्षा (ट्रायल) स्थलको उद्घाटन गरिएको छ। यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीले साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेकोमा शनिबार ट्रायल उद्घाटन गरिएको हो।

शनिबार दुवै जिल्लामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ट्रायल उद्घाटन गरेका हुन्। यातायात डडेल्धुराका कार्यालय प्रमुख मेखराज उपाध्यायका अनुसार कार र जीपका लागि ४३ जनाले लिखित परीक्षा दिएकोमा २७ जना उत्तीर्ण भएका छन् भने मोटरसाइकल र स्कुटरका लागि ११७ जनाले लिखित परीक्षा दिएकोमा १०६ जना उत्तीर्ण भएका छन्।

nisarga

उद्घाटन कार्यक्रममा लिखित परीक्षामा उत्तीर्णमध्ये शनिबार १० जनालाई मात्र आमन्त्रण गरेर प्राविधिक रुपमा कुनै समस्या नआए ट्रायलमा उत्तीर्ण भएकाहरुलाई तत्काल मुख्यमन्त्रीबाट सवारीचालक अनुमति पत्र हस्तान्तरण गर्ने कार्यक्रम समेत तय गरिएको बताइएको छ।