आज देशै भरी आंशिक देखि सामान्य बदली,सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

Image
maya metro

काठमाडौं – सोमबारपनि देशै भरी आंशिक देखि सामान्य बदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

nisarga

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेदाँ मनुसुन थप सक्रिय हुने महाशाखाले जनाएको छ।

देशका केही स्थानहरूमा मेघ गर्जन साथ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।