
दार्चुला – पछिल्लो समय दार्चुलामा डेंगुको सङ्क्रमण देखिन थालेको छ । हिमाली जिल्लमा नदेखिने भनिएको यो रोगको सङ्क्रमण पछिल्लो समय दार्चुलामा दिनानुदिन फैलिरहेको छ ।
जिल्ला अस्पताल दार्चुलाका मेडिकल अधिकृत डा. सोमराज अवस्थीका अनुसार दुई दिनमा गरिएको परीक्षणमा मात्रै ११ जनामा डेंगुको सङ्क्रमण भेट्टिएको छ । भदौ १२ गतेपछि गरिएको परीक्षणमा ११ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको उनले बताए ।

हिमाली जिल्लाहरूमा नदेखिने यो रोग पछिल्लो समय तराईदेखि पहाडी तथा हिमाली जिल्लाहरूमा समेत लामखुट्टेहरू आउने गरेका कारण डेंगुका सङ्क्रमण भइरहेको उनले बताए । जिल्ला अस्पताल दार्चुलाका अनुसार अहिले दैनिक ४५ भन्दा बढी डेंगुका बिरामी देखिन थालेका छन् ।














