
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ४ का बलबहादुर चौधरी ६ महिनादेखी श्रीमतीको सेवामा व्यस्त छन् ।
मोटरसाइकल दुर्घटनामा परेकी श्रीमतीको अस्पतालको उपचारले पनी कुनै पार नलागेपछी अहिले घरमै राखेका छन् । उनकी श्रीमती धर्मा चौधरीको २०७८ फाल्गुन ८ गतेको दिन माइत कैलालीकै गौरीगंगा स्थीत बनबेहडाबाट भाइसंग घर खैराना आउने क्रममा मोटरसाइकलमा सारी बेरीदा गोदावरी ९ स्थीत बल्मीमा दुर्घटना भएको थियो । दुर्घटनामा टाउको,नाक र पाखुरामा उनलाई गहिरो चोट लागेको थियो ।

६ महिना बितीसक्दा नाक र पाखुरामा लागेका बाहिरी घाउ भने पुर्ण रुपमा भलाईसकेका छन् । तर टाउकोमा गहिरो चोट लागेकी उनलाई कुनै चेतना छैन । टाउकोको बाहिरी घाउ त भलाई सक्यो तर भित्री चोट भने नगन्य छ । उनलाई न कुनै चेतना छ न केहि कुरा महसुस गर्न सक्छीन् न खाना खान्छीन,न उठ्छीन,न फर्किन सक्छीन । बलबहादुरकै भाषमा उनी ६ महिनादेखी कोमामा छिन् । “फलानो त कोमामा गइसक्यो,कोमामा छ भन्ने सुनेको थिए बलबहादुरले भने कोमा कस्तो हुन्छ भन्ने थाहा थिएन । अहिले बुझे कोमा भनेको यस्तो रहेछ ।” १ महिनाजती सोहि अवस्थामा नेपाल र भारतका विभीन्न अस्पताल राखेको बलबहादुरको परिवारले ५ महिनादेखी घरमै स्याहार गरीरहेको छ ।

धर्मालाई सन्चो हुने नहुने कुनै निश्चित छैन । “मान्छे पुर्ण रुपले सन्चो हुनपनी सक्छ,चेतना मात्रै आएर बोल्न नसक्ने पनी हुनसक्छ वा मानसिक अवस्था खराव पनी हुनसक्छ,बाँचुन्जेलँ यस्तै पनी रहन सक्छ केहि ग्यारेन्टी छैन”। यस्तै भनेको छ डाक्टरले बलबहादुरलाई । लाखौँ खर्च गरेर डाक्टरले यति भनीसकेपछी बरु घरै लग्छु भनेर अस्पतालबाट लिएर आएका उनी श्रीमती पुर्ण सन्चो हुनेमा आसावादी देखीन्छन् । “मलाई यहाँ दुखाई छ,यो समस्या छ भनेर बताउन मात्रै सक्ने भएको भए म त्यहि अनुसारको उपचार अगाडी बढाउँथे” उनले भने ।
अहिले मेसीनमा पीसेर पाईपको माध्यमबाट खाना खुवाउछन्,त्यसैगरी पानी खुवाउछन् । डाइपरमा दिशा पिसाव गराउने गरेका छन् । बेलाबोलामा दाँया बाँया फर्काइदिने गरेका छन् उनीहरुले । बेलाबेलामा हातखुट्टा चलाईदिन्छ्न बलबहादुर र उनका छोराछोरीले । ५ महिनासम्म आँखा समेत नखोलेकी धर्माले साउनदेखी आँखा खोल्न थालेकी छन् । चिमोट्दा कुनै प्रतिक्रिया नजनाउने उनले अहिले शरीरमा चिमोट्दा डराएजस्तो गरी शरीर तान्न खोज्छीन । धर्माको यतको प्रतिक्रियाले बलबहादुरको परिवार खुसी हुन्छ ।
उनलाई कतिबेला भोक लाग्छ,कतिबेला प्यास लाग्छ केहि थाहा हुँदैन ,हामी आफ्नै तालीका अनुसार खाना पानी खुवाईदिन्छौँ बलबहादुरले भने । धर्माको मोटो खाइलाग्दो ज्यान अहिले चिन्नै नसकिने बनेको छ । बलबहादुर आफु नेकपा एमालेका नेता पनी हुन् । श्रीमती दुर्घटना पर्नुभन्दा पहिले दिउँसो विरलै मात्र घरमा बस्ने उनी अहिले प्राय दिउँसोभरी घरमै हुन्छ्न । पार्टीका कार्यक्रममा गएपनी उनी समयमै घर फकिन्छन् ।
धर्मा मात्रै नभइ पछील्लो समय सवारी दुर्घटना बढे संगै गम्भीर घाइते हुने वा अंगभंग हुनेहरुको अवस्था दयनीय देखीन्छ ।
















