
डडेल्धुरा – डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ को महाभारत वनक्षत्रको घनाजङ्गलमा लाग्ने गन्यापको ‘शिखरजाँत’ आज राती हुँदैछ ।
प्रत्येक बर्ष भाद्र चतुर्दशीको राती लाग्ने धार्मिक शिखर मेला आज लाग्न लागेको हो । शिखरमा ६ गाउँबाट देउरो जाने गर्दछन्। गन्यापधुरा गाउँपालिकास्थित मालिगाउँ, रुमायल, जैसेरा र रेल, डोटीको शिखर नगरपालिकाको थप्सा र बानी डुग्रेसैनबाट संयुक्त रुपमा देउरो जाने परम्परा छ।

देउरो जाने क्रममा पनि विभिन्न ठाउँहरूमा दाइन, दमाहा तथा भोक्करहरू बजाउँदै जाने गर्दछन् ।
पौराणिक मान्यता अनुसार रुमाइलगाउँका आदि पुरुष फुल भाटले पत्नीसहित द्यौझालको घना जंगलमा गएर तपस्या गर्दा ईश्वर खुशी भएर पहेलो सर्पको रुपमा प्रकट भएका थिए। फुल भाटकी श्रीमतीले सर्पलाई कहाँ राख्ने भनी विचार गर्दा धान राख्ने भकारी उपयुक्त हुने ठानी त्यहीँ राखिदिएका थिए।
त्यसपछि फुल भाटको घरमा अन्नको कमी कहिल्यै नभएको मानिन्छ। फुल भाटकी श्रीमती निष्ठावान भएकीले एकदिन एकजना गाउँले के नै गर्ने रहेछन् भनी जाँच्नका लागि फुल भाटको लौरो चोरेर लगि फुल भाटकी श्रीमतीलाई खाना नकुर्नु भनी खबर पठाएको र प्रमाणका रुपमा लौरो ल्याएको भनी लौरो देखाएको भनिन्छ।
फुल भाटकी श्रीमतीले विश्वास गरेर खान सुरु गर्दा पति घर पुगेछन्। अनि हतार–हतार थाली कता लुकाउने भनी खोज्दा त्यही धानको भकारीमा हाल्न पुगिन्। त्यसपछि देवताले अपमान भएको ठानी त्यहाँबाट बाहिरिएर गएको किंवदन्ती रहेको स्थानीय बताउँछन्। फेरि दुवै पतिपत्नी पछिपछि माफी माग्दै हिँडेका, देवता शिखरको शिलामा पुगी बिलीन भएका र त्यहीँ भाट दम्पतीले पनि मुक्ति पाएको किंवदन्ती छ।
रहरू बजाएर जाने गरिन्छ। दमाहा पनि लाटागन्याप देवताबाट विशेष अधिकार प्राप्त दमाइ जातिका व्यक्तिहरूले मात्रै बजाउने गरेका छन्।
एक साता अगाडी देखि नै शुद्ध खानेकुरा खाई मेला भर्नको लागि टाढाटाढाबाट दर्शनार्थीहरु जाने गर्दछन् । यसरी चोखो खाना खाएर उपासना गरि मेलामा सहभागी भई चोखो मनले मागेको वरदान पुरा हुने धार्मीक विशवास रहि आएको छ ।














