जब जगतरालाई परिवार नियोजन गरेकी महिलाले श्राद्धका सामान छुनै हुँदैन भनीयो…

Image
maya metro

अत्तरिया – २०४७ सालतिरको कुरा हो । छोराछारी सहित श्रीमानसंगै भारत बस्दै आएकी डोटीकी जगतरा देवि सिहं गाँउ फर्किईन् ।

२१ वर्षीया सिंहले सन्तानको रहर पुगीसकेपछी परिवार नियोजन गरेकी थिईन् । भारतमा बस्दै आएकी उनले त्यहाँका महिलाबाटै सो जानकारी पाएपछी श्रीमान संगको सल्लाहमा परिवार नियोजन गरीन् । “दुई छोरी र एक छोरा पाईसकेको थिए,फेरी परिवार बढाएर के गर्ने भनेर श्रीमान श्रीमान श्रीमतीको सल्लाहमा परिवार नियोजन गरे” उनले भनीन । उनी नेपाल फर्किदा भदौमा श्राद्धको पर्व चलीरहेको थियो । आफ्नै घरमा श्राद्ध थियो जगतराले भनीन् बिहानै उठेर मास पिस्ने,पुरी पकाउने भनेर तयारी गर्दै थिए घरपरिवारले उनलाई श्राद्धमा चढाईने कुनै पनी सामान नछुन भने ।

nisarga

पण्डीत सहित परिवारले जगतरालाई भने “तिमीले परिवार नियोजन गरेकी छौ,त्यस्तो अशुद्ध महिलाले छोएको कुरा पितृलाई चढ्दैन ।” कारण सुनेर उनी छक्क परिन् । त्यतिबेला घरमा पाहुना पनी भएको कारण उनले त्यो कुरा मान्नुको उनीसंग विकल्प थिएन् किनकी घरमा पितृको श्राद्ध थियो,परिवारको कुरा काटेर ,कुरा माथी कुरा थपेर घर अशान्त बनाउन उनले चाहिनन् । “उता भारतमा सन्तानको रहर पुग्ने बित्तिकै महिलाले परिवार नियोजन गरेका हुन्थे,सबैले सबै धार्मीक कर्म गरेकै हुन्थे,यता भने परिवारको यस्तो जवाफ सुन्दा अचम्म लाग्यो,एकछिन् त किन गरेछु यस्तो काम जस्तो लाग्यो ” विगत सम्झीँदै जगतराले भनीन् ।

तर त्यो समय धेरै रहेन । चारपाँच वर्ष परिवार र समाजका मान्छेले भनेबमोजीम गरेकी उनले त्यसपछी भनेको मान्न छोडीन् र श्राद्ध कै दिन सबै सामान आफै तयार पार्न थालीन । त्यो समयमा महिलालाई हरेक काममा बन्देज लगाईने,घर बाहिर निस्कीन नदिने समाजको चलन रहेको उनी बताँउँछीन् । कुनै संघसँस्थाले आयोजना गर्ने कार्यक्रममा जान नदीएपनी आफुले जवरजस्ती सहभागीता जनाउने गरेको उनी सम्झीन्छीन् ।

तर अहिले महिलामाथी लगाईने यस्ता विविध प्रबन्धहरु हट्दै गएकोमा उनी खुसी व्यत्त गर्छीन् । हाल कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ मा बस्दै आएकी उनी समाजले भन्ने हरेक कुराको वेवास्ता गर्दै विभीन्न संघसँसथामा आवद्ध हुन्थीन् । उमेरले ५० कटीसकेकी जगतरा अहिले सुर्योदय सामुदायिक वनकी अध्यक्ष छिन् । पछील्लो समयका महिलाहरु समाजिक काममा अग्रसर हुँदै आर्थीक रुपमा समेत सबल बन्दै गएकोमा उनी खुसी व्यत्त गर्छीन् ।