दार्चुलामा चट्याङ लागेर ३ सय ६९ भेंडाबाख्रा मरे

Image
maya metro

दार्चुला – दार्चुलाको नौगाडमा चट्याङ लागेर ३ सय ६९ भेंडाबाख्रा मरेका छन् ।

नौगाड गाउँपालिका–४ को सीमा क्षेत्र जमाउ भन्ने ठाउँमा सात जनाका ३ सय ६९ भेंडाबाख्राको चट्याङ परेर मरेका स्थानीय हरकसिंह धामीले बताए ।

nisarga

नौगाड–४ का डम्बरसिंह धामी, वीरसिंह ठगुन्ना, झुने महता, विरभान ठगुन्ना , मार्मा गाउँपालिका–५ का रामचन्द्र महता, लोचन महता र नरेन्द्र महताले संयुक्त रूपमा चार सय ४२ भेंडा पालेका थिए ।

तीमध्ये ७३ भेडाबाख्रा मात्रै जीवित भेटिएका हुन् ।