चोरीमा संलग्न रहेको आरोपमा आदर्श गाउँपालिकाका युवक चक्कु सहित पक्राउ

Image
maya metro

दिपायल – चोरीमा संलग्न रहेको आरोपमा डोटीका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको आदर्श गाउँपालिका–१ सिर्कलाका २९ वर्षीय शंकर खड्का रहेको इलाका प्रहरी कार्यालय मौवाका प्रहरी नायव निरीक्षक नरेन्द्र टमटाले बताए ।

nisarga

खड्कालाई आदर्श गाउँपालिका–२ साउनकाँडाको जंगलबाट पक्राउ गरिएको हो । स्थानीयले दिएको सूचनाको आधारमा उनलाई चक्कु सहित पक्राउ गरिएको प्रहरी नायव निरीक्षक टमटाले बताएका छन् ।