
अत्तरिया – कैलालीको गोदावरी नगर फुटबल विकास समितिको अध्यक्षमा चेतराज पाण्डेय चयन भएका छन ।
जिल्ला फुटबल संघ कैलाली मातहत रहने गरी गठन गरिएको तदर्थ समितिमा पाण्डेय निर्विरोध चयन भएका हुन ।

समितिको उपाध्यक्षमा रविन्द्र बोहरा र मनोज राई, सचिवमा रमेश बोगटी र कोषाध्यक्षमा छत्र बहादुर रोकाया चयन भएका छन ।
यसैगरी समितिको सदस्यहरुमा राजकुमार साउँद, सुभाष चौवे, भरत टमटा, अनुप चौधरी, दिलिप कुमार भट्ट, डबल साउके, सागर भट्ट, रुपेश बिष्ट, जिवन रोकाया र बुद्धिराम चौधरी चयन भएका छन ।































