
दार्चुला – दार्चुलाको लास्कु खोलामा अस्थाई पुल निर्माण भएपछी आवतजावत सहज भएको छ ।
लास्कु खोलामा भदौ २४ गते राति आएको बाढीले पुल बगाएपछि दुहु र ब्यास गाउँपालिकाबीच बन्द भएको आवतजावत अस्थायी काठेपुल निर्माणसँगै सहज भएको हो।

बाढीले सदरमुकामसँग जोड्ने लास्कु पुल बगाएसँगै महाकाली नगरपालिकाका केही बस्ती दुहु र ब्यास गाउँपालिकाको बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो। सुरक्षाकर्मीसँगै महाकाली नगरपालिकाको पहलमा उक्त अस्थायी काठेपुल निर्माण भएको हो।
तत्काललाई आवतजावतका लागि निर्माण गरिएको अस्थायी पुल बुधबारबाट सञ्चालनमा आएपछि दुहु-ब्यास आवतजावत सुरु भएको हो।














