दार्चुलामा भदौ २४ गते राति बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात

Image
maya metro

दार्चुला – दार्चुलामा भदौ २४ गते राति बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । घटना भएको आठ दिन बित्दा पनि बेपत्ता भएकाहरु फेला नपरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताएका छन् ।

गत शुक्रबार रातिको अविरल वर्षाले दार्चुलामा पाँच जनाको मृत्यु हुनुका साथै १० जना बेपत्ता र आठ जना घाइते भएका थिए ।

nisarga

बाढीले दुई वटा विद्यालय भवन, डुङरी मन्दिर र विद्युतको पावरहाउस, लास्कु खोलाको एउटा मोटरेबल पुल, विभिन्न स्थानमा गरी चार वटा झोलुङ्गे पुल, बंगाबगरमा पार्किङमा राखेका नौ वटा सवारीसाधन बगाएको थियो । दार्चुलामा हालसम्म १७० घरमा क्षति भएको प्रहरीको तथ्याङ्क छ ।