बेलौरीमा क्रिकेट प्रतियोगिता हुने

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा क्रिकेट प्रतियोगिता हुने भएको छ। बेलौरी नगरपालिकाको वडा नम्बर १० स्थित भुडामा टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको हो।

सिद्धेश्वर जयपृथ्वी युवा क्लबको आयोजनामा असोज १० गतेबाट ‘सिद्धेश्वर जयपृथ्वी कप २०७९’ खुल्ला टी-ट्वान्टी प्रतियोगिता हुन गइरहेको बताइएको छ। क्लबका अध्यक्ष पदम शाहका अनुसार भुडामा विगत दुई दशकदेखि उक्त प्रतियोगिता हुँदै आइरहेको थियो।

nisarga

प्रतियोगिता सञ्चालनका लागि क्लबका कोषाध्यक्ष महेश केसीको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ। प्रतियोगितामा सहभागी हुने टीमले असोज ८ गते बेलुकी ५ बजेभित्र टीम दर्ता गराइसक्नु पर्नेछ। दर्ता शुल्क तीन हजार दुई सय राखिएको छ।