दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

Image
maya metro

दार्चुला – दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको मार्मा गाउँपालिका लटिनाथबाट अपिहिमाल गाउँपालिका–५ मकरीगाड जादै गरेको म १ ज २३३ नम्बरको बोलेरो जीप साँझ साढे ८ बजे तिर  तिम्लामा दुर्घटना भएको हो।

nisarga

जीप दुर्घटनामा मृत्यु हुनेमा अपिहिमाल गाउँपालिका–६ का १८ वर्षीय दिनेशसिंह धामी मृत्यु रहेको इलाका प्रहरी कार्यालय लटिनाथले बताएको छ।

जीपमा ९ जना यात्रु रहेकोमा ८ जनाले हाम फालेर ज्यान जोगाएको बताईएको छ ।