डोटीका ग्रामीण सडक अवरुद्ध, यात्रुहरुलाई सास्ती

Image
maya metro

डोटी – दशैंको समयमा डोटीका ग्रामीण सडक अवरुद्ध भएका छन् । शनिबार र आइतबार परेको अविरल बर्षाका कारण जिल्लाका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका हुन् । सडकका ठाउँ–ठाउँमा पहिरो खस्दा यातायातका साधन सञ्चालनमा समस्या भएको छ ।

दशैंको मुखमा सडक अवरुद्ध भएपछि यात्रुहरुलाई गाउँघर पुग्न निकै समस्या भएको छ । दशैंका लागि घर फर्कनेहरुको संख्या बढेको र पैदल हिँडेर गाउँ पुग्नुपरेको स्थानीयहरुले बताएका छन् ।

nisarga

वर्षाका कारण बडीकेदार गाउँपालिकाको सुवा खान हुँदै देवली रिसडी सडक, अन्तरकाँडा हुँदै रनतोला सडक, बोगटान फुड्सिल गाउँपालिकाको छिडीखानबाट केदार अखडा सडक, चवारा चौताराबाट सातफरी धिर्गामाण्डौं सडक, जोरायल गाउँपालिकाको बिपी नगर खसरेबाट गड्सेरा सडकलगायत डोटीका दर्जन बढी सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि यात्रुहरुलाई सास्ती भएको छ ।