बेलौरीमा दशैँ तिहार विशेष सांस्कृतिक कार्यक्रम हुने

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा दशैँ तिहार विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ०४ को आयोजना तथा पूर्व विद्यार्थी समाज शान्ति मावि शान्तिपुरको सह आयोजनामा यही असोज १५ र १६ गतेका दिन शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम हुने बताइएको छ ।

nisarga

श्री शान्ति माध्यमिक विद्यालयको प्राङ्गण शान्तिपुर हुने उक्त सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बद्री पङ्गेनी, चर्चित लोक तथा देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो), गायक नवराज कलौनी, गायिका समीक्षा चौधरी, मोडल सुरज रावल र हास्य कलाकार तीर्थराज जोशी लगायत स्थानीय कलाकारहरू तथा विद्यार्थीहरूको समेत बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।