
अत्तरिया – डोटीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको शिखर नगरपालिका-६ स्थित लुवाखडि खोलामा सोही नगरपालिकाको देतडाका ४० वर्षीय अम्मर मल्ल मृत फेला परेका प्रहरीले बताएको छ।
प्रहरीका अनुसार उनी शनिबार मृत फेला परेका थिए। घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।















