
दार्चुला – दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ तिङ्करखेडाबाट नगद चार लाख दुई हजार ३६० रुपैंया सहित ११ जना जुवाडे पक्राउ परेका छन् ।
स्थानीय प्रेम सिंह बुढाथोकीले आफ्नो घरमा जुवा खेलाइ रहेको अवस्थामा प्रहरीले छापा मार्दा घरधनी प्रेम सिंह बुढाथोकीसहित ११ जना जुवाडे पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जनप्रतिनिधि, व्यापारी र विभिन्न पेशाकर्मी रहेका छन् ।














