डडेल्धुराको गन्यापधुरामा बाघको आक्रमणबाट एकजना घाइते

Image
maya metro

अत्तरिया – डडेल्धुराको गन्यापधुरामा बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् ।

गन्यापधुरा गाँउपालीका वडा नम्बर ४ स्थीत मेड्डीका नर बहादुर धानुक बाघको आक्रमणबाट घाइते भएका हुन् ।

nisarga

धानुकलाई आज दिँउसोको समयमा गाँउ नजीकैको जंगलमा बाघले आक्रमण गरेको गन्यापधुरा गाँउपालीका वडा नम्बर ४ का अध्यक्ष नरेश भट्टले बताएका छन् ।

गम्भीर घाइते धानुकलाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचारपछी थप उपचारकालागी डडेल्धुरा ल्याउन लागीएको बताईएको छ ।

बाघले केहिदिनदेखी सो क्षेत्रमा आतंक मच्चाएको हुँदा सचेत रहन अध्यक्ष भट्टले स्थानीय बासीलाई आग्रह गरेका छन् ।