
डोटी – डोटीमा रगतकालागी सुरक्षा निकायकै भर पर्नुपर्ने बाध्यता यथावत छ ।
बुधबार मात्रै जिल्ला अस्पताल डोटीमा उपचाररत दिपायल सिलगढी नगरपालीका,३ तिखाकी ८१ वर्षीय कलुदेवी खड्काको उपचारका क्रममा रगत अभाव भएपछि सिलगढी स्थीत भैरव प्रसाद गणका जवान चित्र बहादुर बुढाले रत्तदान गरे ।

रगत अभावको जानकारी आफुकहाँ आए सकेसम्म व्यवस्थापन गर्ने गरेको गणका गणपति जनमत बहादुर कार्की बताँउछन् ।
नेपाली सेनाका विभीन्न युनिट लगायत सुरक्षा निकायका व्यत्तिहरुले रत्तदान गर्ने गरेका कारण यहाँका अस्पतालमा आउने बिरामीहरुलाई सहज हुने गरेको छ ।















