सत्यमोहनको निधनमा शोक व्यक्त गर्न भोली सार्वजनिक बिदा

Image
maya metro

काठमाडौं – सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्न भोली मंगलबार एक दिन सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सूचना जारी गर्दै देशभरका सबै सरकारी कार्यकाल, सार्वजनिक संघ संस्थाहरु, विदेशस्थित कूटनीतिक नियोगहरूमा बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको उल्लेख गरेको छ।

संस्कृतिविद् जोशीको १ सय ३ वर्षको उमेरमा आइतबार विहान किस्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो।

nisarga