
दार्चुला – दार्चुलामा अरिंगालले टोक्दा एक बालकको मृत्यु भएको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका ६ ग्वानिमा अरिंगालले टोक्दा बालकको मृत्यु भएको हो ।

हिजो आइतबार आमासँगै मेला गएका स्थानीय ६ वर्षीय प्रशान्तसिंह धामीलाई अरिंगालले टोकेर मृत्यु भएको प्रहरिले जनाएको छ ।













