सुदूरपश्चिमका पहाडी क्षेत्रमा क्षणिक वर्षाको सम्भावना

Image
maya metro

काठमाडौं – आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा अहिले घाम लागे पनि दिउँसो १२ बजेपछि बदली भइ क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण यी प्रदेशको मौसम बदली हुन लागेको हो ।

nisarga

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाहेकका प्रदेशको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।

देशभर न्यूनतम तापक्रम घट्न थालेको छ ।