दार्चुलाकाे अपिहिमाल र ब्याँस गाउँपालिकाका केहि स्थानहरुमा हिमपात

Image
maya metro

दार्चुला – जिल्लाको अपिहिमाल गाउँपालिका र ब्याँस गाउँपालिकाका केहि स्थानहरुमा हिमपात भएको छ ।

आज विहानै देखी मौसममा आएको बदलीका कारण हिमपात, असिना र वर्षा भएको हो । मौसम बदली भएपछि अपिहिमाल गाउँपालिका वडा नम्बर १, २, ६ को उच्च भेगहरुमा हिमपात भएको अपिहिमाल गाउँपालिकाका कर्मचारी विशन बुढाथोलीले जानकारी दिए ।

nisarga

गाउँपालिकाको घुसा, क्षेती, सिति र खात्ती लगायतका स्थानहरुको माथिल्लो भेगमा हिमपात भएको उनले बताए ।

यस्तै ब्याँस गाउँपालिकाको छाङरु र तिंकरमा पनि हिमपात भएको छ । गाउँपालिकाको वडा नम्बर १ मा पर्ने तिंकर छाङरुमा हिमपात भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरुका गुल्मपति ईस्वर भट्टले जानकारी दिए ।

विहानै देखी चिसो बढेका कारण छाङरुको गागामा हल्का हिमपात भएको उनले बताए । हिमपात भएपछि सदरमुकाम खलंगामा समेत चिसो बढेको छ ।