बिदा भयो यस वर्षको मनसुन

Image
maya metro

काठमाडौँ – यस वर्षको मनसुन बिदा भएको छ । मनसुन सुरु हुनुअघि ठूलो वर्षा हुने र ठूूलो जनसङ्ख्या प्रभावित हुने अनुमान गरिए पनि मनसुन पूर्वानुमानभन्दा कमजोर रहँदा प्राकृतिक विपत्बाट अनुमानभन्दा कम क्षति पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको थियो ।

nisarga

मनसुन सकिने समयसम्म पनि नेपालको पश्चिम भेगमा मनसुन सक्रिय हुन सकेन । मनसुन अन्त्य हुने सम्भावित मिति असोज १६ गते अर्थात् अक्टोबर २ थियो ।