Attariya Hospital Pvt.Ltd.

मानवअधिकार सवलीकरणकालागी सरोकारवालाहरुसंग अन्र्तक्रिया

padma

अत्तरिया – दलित महिला तथा सिमान्तीकृत समुदायको मानवअधिकार सवलीकरणकालागी सरोकारवालाहरुसंग अन्र्तक्रिया गरीएको छ ।

बुधबार अत्तरियामा दलित महिलासंघ फेडोले सरोकारवालाहरुसंग अन्र्तक्रिया गरेको हो ।

अन्र्तक्रियामा गोदावरी नगरपालीका वडा नम्बर १ का अध्यक्ष एवम् नगर प्रवत्ता गोपालदत्त भट्ट लगायत विभीन्न संघसँस्थामा आवद्ध व्यत्ति,राजनितिक दलका प्रतिनिधी,लगायतको सहभागीता रहेको थियो ।

om
Shikhar Dental

अन्र्तक्रियामा दलित महिलासंघ फेडोले सरोकारवालाहरुलाई ज्ञापनपत्र समेत दिएको थियो ।

ज्ञापनपत्रमा आर्थीक,सामाजिक,राजनितिक,शैक्षीक तथा स्वास्थ्य क्षेत्रमा दलित महिला तथा सिमान्तीकृत समुदायको प्रभावकारी पहुँच र मानवअधिकार तथा सामाजिक न्याय प्रर्वद्धनकालागी सराकारवालाहरुको ध्यानाकर्षण गरीएको छ ।

अन्र्तक्रियामा सहभागीता जनाएका दलित समुदायका महिलाले दलित बस्ती भएका टोलमा नगर तथा वडाले योजना हाल्न समेत कन्जुस्याँइ गर्ने गरेको गुनासो गरे ।

अन्र्तक्रियामा बोल्दै नगरप्रवत्ता भट्टले दलित महिला तथा सिमान्तीकृत समुदायको हितकालागी वडा र नगरको तहबाट कुनैपनी काम गर्न पछी नहट्ने प्रतिवद्धता व्यत्त गरे ।

Nawadurga
Leave A Reply

Your email address will not be published.