महाकाली – मेची साइकल यात्रामा तीन युवा

Image

अत्तरिया – तीनजना युवाले महाकाली – मेची साईकल यात्रा आइतबार महाकाली पुलबाट सुरु गरेका छन् ।

उदयपुरको त्रीयुगा नगरपालीका वडा नम्बर ११ का अबोध नारायण चौधरी,वडा नम्बर ७ का आङ पासाङ शेर्पा र काठमाडौंका कृष्ण अधिकारीले आइतबार महाकाली पुलबाट महाकाली – मेची साइकल यात्रा सुरु गरेका हुन् ।

कात्तिक १५ गते मेचि पुलमा पुगेर यात्रा टुंग्याउने उनीहरुले बताएका छन् । टोलीको नेतृत्व अबोध नारायण चौधरीले गरेका छन् । स्वास्थ्यका साइकल र आन्तरीक पर्यटन प्रर्वद्धन गर्ने मुख्य उदेश्य रहेको चौधरीले बताए ।

विविध खालका धेरैजसो इभेन्टहरु मेचीबाटै सुरु हुने हुदा त्यसमा नयाँपन ल्याउँदै आफुहरुले महाकाली – मेची यात्रा सुरु गरेको उनले बताए । चौधरी त्रियुगा नगरपालीकाको स्वास्थ्य शाखाका कर्मचारी समेत हुन ।

त्यसैगरी टोलीमा रहेका अधिकारी उदयपुरको गाइघाटमै रहेको नेपाल टेलीकमका कर्मचारी हुन भने शेर्पा उदयपुरमै रहको प्लान्टेसन कम्पनीका संचालक हुन् । उनीहरु तीनैजना तिहार बिदाको समय मिलाएर साइकल यात्रामा निस्केका हुन् ।