अत्तरिया – कर्ण जिमी युवा क्लब र रिभर साईट युवा क्लब कैलालीको गोदावरी नगरपालीका ८ स्थीत स्याउलेमा जारी उद्धव श्रीमाल स्मृति कप फुटबल प्रतियोगीताको फाइनल प्रवेश गरेका छन् ।
आइतबार सैपाल युवा क्लबको खेल मैदान स्याउलेमा भएको सेमिफाईनल खेलमा जोनापुर युनाइटेड रातोलाई ३–० ले पराजित गर्दै कर्ण जिमी युवा क्लब फाइनल प्रवेश गरेको हो भने रिभर साईट युवा क्लबले महालक्ष्मी रिकन्डिसन हाउस धनगढीसंग वाक ओभर पाएर फाइनल प्रवेश गरेको हो ।
फाइनल खेल भोली दिउँसो २ बजेदेखी सैपाल युवा क्लबकै मैदानमा हुने आयोजक सैपाल युवा क्लबले जनाएको छ । प्रतियोगिताको प्रथम पुरुस्कार ५५ हजार ५५५ रुपैँया र मेडल तथा ट्रफि रहेको छ ।
त्यसैगरी द्धितिय पुरुस्कार २५ हजार ५२५ रुपैँया र मेडल तथा ट्रफि राखीएको रहेको छ भने खेलमा म्यान अफ द म्याचलाई गीफ्ट ह्याम्पर सहित गरी २० हजार बराबरको पुरुस्कृत सामग्री प्रदान गरिने छ ।
खेल अवधीभर चुनीएका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मध्य मैदान खेलाडी र उत्कृष्ट अग्र खेलाडीलाई एकएक हजार रुपैँया प्रदान गरिने छ । कात्तिक १ गतेदेखी सुरु भएको उद्धव श्रीमाल स्मृति कपमा १८ ओटा टिमले सहभागीता जनाएका थिए ।