

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका ८ स्थीत स्याउलेमा सोमबार सम्पन्न उद्धव श्रीमाल स्मृति कप फुटबल प्रतियोगीताको उपाधी रिभर साईट युवा क्लब राजघाटले जितेको छ ।
कैलालीकै गौरीगंगा नगरपालीका चौमालाको कर्ण जिमी युवा क्लबलाई पेनाल्टीमा हराँउदै रिभर साईट युवा क्लबले प्रतियोगीताको उपाधी जितेको हो । निर्धारित समयमा दुवैले एकएक गोल गरेका थिए । जितसंगै रिभर साईट युवा क्लब ले ५५ हजार ५५५ रुपैँया र मेडल तथा ट्रफि हात पारेको छ ।
उपविजेता बनेको कर्ण जिमी युवा क्लबले २५ हजार ५२५ रुपैँया र मेडल तथा ट्रफिमा चित्त बुझाएको छ । खेलमा मिड फिल्टर कर्ण जिमी युवा क्लबका रुद्र धामी घोषित भए ।सैपाल युवा क्लबको खेल मैदानमा आइतबार भएको सेमिफाईनल खेलमा रिभर साईट युवा क्लबले महालक्ष्मी रिकन्डिसन हाउस धनगढीसंग वाक ओभर पाएर फाइनल प्रवेश गरेको थियो भने जोनापुर युनाइटेड रातोलाई ३–० ले पराजित गर्दै कर्ण जिमी युवा क्लब फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगीतामा कर्ण जिमी युवा क्लबकै विमल ओली बेस्ट डिफेन्डर घोषित भए भने रिभर साईट युवाका सन्दीप सिहं खडायत बेस्ट गोल रक्षक घोषित भए त्यसैगरी रिभर साईट युवा क्लब कै सन्दीप घर्ती बेस्ट स्ट्राइकर र टुर्नामेन्ट अफ द बेस्ट प्लएर खेलाडी सबल स्वार छनोट भए । उदयमान खेलाडी सैपाल युवा क्लबका पुकार वि क बने । उनीहरुले जनही एकएक हजार रुपैँया पुरुस्कार सहित गीफ्ट ह्याम्पर प्राप्त गरे ।
गोदावरी नगरपालीका वडा नम्बर ८ स्याउलेमा रहेको सैपाल युवा क्लबले आयोजना गरेको उद्धव श्रीमाल स्मृति कप फुटबल प्रतियोगीतामा मुख्य प्रायोजक गोदावरी नगरपालीका वडा नम्बर ८ को कार्यालय रहेको थियो ।प्रतियोगीतामा जम्मा १८ ओटा टिम सहभागी भएका थिए ।कार्यक्रम सम्पन्न गर्न विभीन्न व्यत्ति तथा संघसँस्थाले सहयोग गरेका थिए ।
यस क्षेत्रको खेल तथा समाजमा महत्वपुण भुमीका निर्वाह गर्दै आईरहेका, युवा व्यवसायि समेत रहेका उद्धव श्रीमालको २०७७ मंसिरमा कोरोना भाइरसको संक्रमणका कारण निधन भएको थियो । आयोजक सैपाल युवा क्लबले प्रतियोगीता भव्य तथा सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यत्त गरेको छ ।
