

अत्तरिया – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन्। उनी बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पुगेका हुन्।
देउवा आज धनगढीस्थित आफ्नै निवासमा बस्ने र भोलि दिउँसो १२ बजे डडेल्धुरा जाने बताइएको छ। बिहीबार (भोलि)देखि चार दिन उनी आफ्नो गृह जिल्ला डडेल्धुरामा चुनावी प्रचारमा हुनेछन्। उनी कात्तिक १७ गतेदेखि २० गतेसम्म आफ्नो चुनावी क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने भएका हुन्।
देउवाले ४ दिनमा वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जिल्लाका सातवटै स्थानीय तहमा आयोजना गर्ने सभालाई सम्बोधन गर्ने तालिका छ। देउवा १७ गते डडेल्धुरा सदरमुकाम अमरगढीमा हुने कार्यक्रममा सहभागी हुनेछन् भने १८ गते नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका, १९ गते अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिका, २० गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको कार्यक्रममा सहभागी हुने बताइएको छ।
