
डोटी – डोटीको सिलगढी स्थीत भैरव प्रसाद गणले चुनावी समयमा हुनसक्ने जोखीमका बारेमा स्थानीयलाई जानकारी गराएको छ । गणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समयमा वेवारिसे फेला पर्न सक्ने बिस्फोटक पर्दाथ सम्बन्धी जिल्लाको पुर्वीचौकी गाँउपालीकाका स्थानीयलाई जानकारी गराएको हो ।
पुर्वीचौकी गाँउपालीकाको वडा नम्बर २ मा खडा गरीएको सुरक्षा वेशका कमान्डर सह सेनानी कृतार्थ शम्सेर जबराले पुर्वीचौकीका स्थानीय,विद्यार्थी लगायतको सहभागीतामा सो कार्यक्रम सम्पन्न गरेका हुन । सायल गाँउपालीकाका स्थानीयलाई पनी सो विषयमा जानकारी गराईने भैरव प्रसाद गणका गणपति जन्मत बहादुर कार्कीले बताएका छन् ।

वेवारिसे फेला पर्न सक्ने बिस्फोटक पर्दाथबाट हुने क्षति कम गर्न सो कार्यक्रम थालीएको कार्कीले बताए । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने समेत जनाएको थियो । सोहि कारणपनी सुरक्षा चुनौति थपीएको छ ।














