अत्तरिया – डोटीमा भूकम्पले घर भत्किदा तीन जनाको मृत्यु भएको छ । बुधबार राति २ बजेर १३ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका–३ को गैरा गाउँ ठक्कर बोहराको घर भत्किदा तीन जनाको मृत्यु भएको हो ।
पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको जानकारी दिए तर उनीहरुको सनाखत हुन बाँकी छ । अहिले अन्य घाइतेको उद्दार जारी रहेको उपाध्यायले बताए ।
डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर राति २ बजेर १३ मिनेटमा ६.६ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पबाट भएकोथ क्षतिको विवरण भने आउन बाँकी छ ।