

अत्तरिया – राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीले भूकम्प प्रभावित क्षेत्रका जनतालाई अझै एकरदुई दिन सतर्क रहन आग्रह गरेका छन् ।
सुदूरपश्चिममा पछिल्लो पटक ६।६ म्याग्नीच्यूडको भूकम्प गएको र त्यो भन्दा पहिलाका पूर्व कम्पन भएको बताँउदै उनले भूकम्प गई सकेपछि त्यसको असर केही दिन रहने हुँदा सतर्क रहन आग्रह गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ६।६ म्याग्नीच्यूडको भूकम्प गएको छ । पाँच घण्टामा सात पटक पराकम्प गएसँगै भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

मङ्गलवार राति ९ बजेर ७ मिनेटमा सोही ठाउँ केन्द्रबिन्दु बनाएर ५।७ म्याग्नीच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पाँच घण्टाको फरकमा पटक पटक गरी सात पटक भूकम्पको झट्का गएको थियो ।
