
डोटी – सुदुरपश्चिको डोटीमा भूकम्पको तेस्रो दिन शुक्रबार पनि लगातार परकम्प गइरहेका छन् । विहिबार दिउँसो साढे ३ बजेसम्म सुदुपश्चिमका विभिन्न जिल्ला केन्द्रबिन्दु भएर चार सय दुई परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले बताएको छ ।
२२ कात्तिक राति दुईवटा राति ९ बजेर ७ मिनेटमा ५.७, राति ९ बजेर ५६ मिनेटमा ४.१ म्याग्निच्युड र बुधबार बिहान दुई बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

६.६ म्याग्निच्युडको भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका– ३ गैरागाउँमा घर भत्किँदा ६ जनाको ज्यान गएको थियो । बिहीबार बिहान ५ बजेर १३ मिनेटमा बाजुरामा केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको परकम्प गएको थियो ।














