भूूकम्प पीडितकालागी अस्थाई टहरा निर्माण

Image
maya metro

डोटी – डोटीको सायल गाँउपालीकाका भूकम्प पीडितकालागी अस्थाई टहरा निर्माण गरीएको छ ।

डोटीको सिलगढी स्थीत नेपाली सेनाको भैरव प्रसाद गणले सायल गाँउपालीका वडा नम्बर ५ पट्कौना गाँउका भूकम्प पीडितकालागी ४ ओटा अस्थाई टहरा निमार्ण गरेको हो ।

nisarga

मङ्गलबार राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र भएर ६ दशमलव ६ म्याग्नीच्यूडको भूकम्प गएको थियो । उत्त भूकम्पमा परी पट्कौना गाँउका कैयौँ घरमा क्षति पुगेको छ । सम्बन्धीत निकायले क्षतिको विवरण संकलन गर्ने कार्य गरीरहेका छन् ।

सोहि भूकम्पमा परी जिल्लाकै पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ६ जनाको मृत्यु भएको थियो भने कैयौँ घरमा क्षति पुगेको छ ।