
डोटी – निर्वाचन सुरक्षा सम्बन्धी तयारी बुझ्न सुदूरपश्चिम प्रदेशका पृतनापति उपरथी विजय थापा डोटी पुगेका छन् ।
निर्वाचन सुरक्षार्थ भैरव प्रसाद गणले जिल्लाका नौ ओटै स्थानीय तहमा स्थापना गरेका अस्थाई सुरक्षा पोष्टको आइतबार थापाले निरीक्षण भ्रमण गरेका हुन् ।

निरीक्षण भ्रमणका क्रममा थापाले आसन्न निर्वाचनमा स्वतन्त्र,निष्पक्ष तथा भयरहित वातावरणमा नागरिकको मताधिकारको सुनिश्चता कायम गर्न प्राप्त जिम्मेवारी अनुसार महत्वपुर्ण भुमीका निर्वाह गर्न सकल दर्जीहरुलाई निर्देशन दिए ।
निरीक्षणकै क्रममा थापाले जिल्ला स्थित सुरक्षा निकाय प्रमुखहरू सँग पनि निर्वाचन सुरक्षा सम्बन्धि अन्तरकृया गरेका छन् ।
सुरक्षा संवेदनशील रहेका मतदानस्थलमा तत्काल परिचालन हुने गरी १३ हजार ६ सय १० सैनिकलाई मतदान स्थलबाट ३० मिनेटको दूरीमा तयारी अवस्थामा राखिनेछ । चुनाव आउन अब एक हप्तामात्रै बाँकी छ ।
सम्बन्धीत समाचार:














