डोटीको पीपल्ला बजारमा आगलागी,लाखौँको क्षति

Image
maya metro

डोटी – डोटीको पीपल्ला बजारमा रहेको फर्नीचर उधोगमा आगलागी भएको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालकिा वडा नम्बर ४ स्थीत पीपल्ला बजारमा रहेको न्यु साद ट्रेर्डस एण्ड सप्लायर्स र जमुना काठ एण्ड वल्डीङ्ग सेन्टरमा आइतबार अपराह्र साढेचार बजेको समयमा बिजुलीको तार सट हुँदा आगलागी भएको हो ।

nisarga

नेपाली सेना,प्रहरी,सशस्त्र प्रहरी,म्यादी प्रहरी र स्थानीय सहभागी भई दिपायल सिलगढी नगरपालीकाको दमकलको सहयोगमा करिब १ घण्टापछी आगलागी नियन्त्रणमा लिईएको थियो ।

फर्नीचर महम्द आरिफ र रमेश कठायतले संयुत्तरुपमा संचालन गरेका थिए । आगलागीबाट तीस लाख बढीको क्षती भएको जनाईएको छ ।