
काठमाडौं – बुधबार दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा तथा हिमपात हुने भएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी, कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका एक-दुई स्थान हल्का हिमपातको सम्भावना रहेको छ।

देशको बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
बुधबार रातको समयमा प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
















