
धनगढी – कैलालीमा ७० आोटा बङ्गुर गाडिएको छ। जिल्लाको भजनी नगरपालिकाका जयबहादुर बुढाका बङ्गुर नष्ट गरिएको हो। अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएका बङ्गुर नष्ट गरिएको हो।
बुढाको बडिमालिका कृषि प्रवर्धन केन्द्रमा अफ्रिकन स्वाइन फिभरका कारण चार सय १२ वटा बङ्गुर मरेका थिए। उनले ९५ लाख २० हजारको नोक्सानी भएको गुनासो गरेका छन्। बैँकबाट ऋण लिएर बङ्गुर पालन गर्दै आएको उनले बताए। व्यवसायबाट विस्थापित हुनु पर्ने अवस्था आएको उनले गुनासो गरे। उनलाई बैँकको व्याजका लागि पनि चिन्ता छ।

फार्ममा बङ्गुर मर्न थालेपछि पशुपक्षी अन्वेषण प्रयोगशाला धनगढी र केन्द्रीय प्रयोगशाला काठमाडौँमा परीक्षण गरिएको थियो। अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुर मरेको पुष्टि भएको थियो। उक्त क्षेत्र शील गरिएको थियो।
भजनी नगर कार्य पालिकाले प्रदेश तथा संघीय सरकारमा सहयोगका लागि सिफारिस गर्ने निर्णय गरेको छ। कात्तिक १५ गते पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढी र केन्द्रीय प्रयोगशाला काठमाडौँमा यो रोग देखिएको थियो।















