Attariya Hospital Pvt.Ltd.

२०८० को नयाँ शैक्षिक सत्र वैशाख १ देखि शुरु हुने

padma
milan sunchadi

काठमाडौं – आगामी २०८० को नयाँ शैक्षिक सत्र वैशाख १ देखि हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार सूचना जारी गरि १ वैशाखबाट पठनपाठन थाल्न सबै शिक्षा विकास तथा समन्वय इकाई, विद्यालय र स्थानीय तहलाई आग्रह गरेको हो।

केही विद्यालय र जिल्लाहरूबाट आगामी शैक्षिक सत्र कहिलेदेखि शुरु हुने भनी शिक्षा मन्त्रालयमा जानकारी माग आएको थियो।

उक्त सन्दर्भमा शिक्षा नियमावली,२०५९ (संशोधनसहित) को नियम ८४(१) बमोजिम शिक्षा मन्त्रालयको माघ ६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार वैशाख १ गतेदेखि शुरु भई चैत मसान्तसम्म कायम गरिएको विकास केन्द्रले जनाएको छ।

Siddi ganesh

योसँगै कोभिड–१९ ले प्रभावित बनाएको शैक्षिक सत्र २०८० बाट नियमित हुने भएको छ। कोरोनाले ०७७ सालबाटै शैक्षिक सत्र बिथोलिएको थियो। ०७७ सालमा वैशाखबाट शुरु भई चैत मसान्तमा सकिनुपर्ने शैक्षिक सत्र लम्ब्याएर जेठ मसान्तसम्म पुर्‍याइएको थियो। ०७८ सालको शैक्षिक सत्र भने घटाएर १० महिनामै व्यवस्थापन गरियो।

मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र असार १ गतेबाट शुरु भई चैत मसान्तमा सकाउने निर्णय गरेको थियो। यो समयसम्म कोर्स सकिएन। त्यसपछि शिक्षाविद् लगायत सरोकारवालाहरूले जेठबाट मात्र चालू शैक्षिक सत्र थाल्न सरकारलाई सुझाव दिएअनुसार ०७९ को नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि शुरु भएको थियो।

Nawadurga
Leave A Reply

Your email address will not be published.