महिलाहरु आत्मनिर्भर बन्न जरुरी:पुर्व मन्त्री चौधरी

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशकी पुर्व भौतिक पुर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरीले महिलाहरु आत्मनिर्भर बन्न जरुरी रहेको बताएकी छिन् । बुधबार कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ६ का कृषकलाई गरीएको बंगुर वितरण कार्यक्रममा बोल्दै उनले विभीन्न माध्यमबाट महिलाहरु अगाडी आउनुपर्ने भन्दै आयआर्जन गरी आत्र्मनिर्भर भएमा महिला हिंसाका घटना पनी कम हुँदै जाने बताईन् ।

आयआर्जन गर्न सकेमा महिलाले पनी पुरुष सरह नै काम गर्न सक्छन् उनले भनीन् आफुले विपन्न,किसान महिलाहरुलाई सुकुमबासी,दलित मुत्तकमैयाका बस्तीलाई प्राथमिकतामा राखी प्रदेशका कार्यक्रमहरु हाल्ने गरेको छु । यो कार्यक्रम क्षणिक समयका लागि होइन ।

nisarga

अहिले पाएका बंगुरका पाठा पाठीलाई बढाएर भोलिका दिनमा ठूलो कृषि फर्मको रुपमा संचालन गर्न सक्छै’ उनले भनीन ‘अहिले २ पाठा पाठी लिएकाहरुले भोलिका दिनमा पाठा, पाठी उत्पादन गरेर बेच्न सक्ने हुनु पर्छ ।’ गोदावरी नगरपालीका ६ बडेँहाका २७ जना किसानलाई बंगुरका पाठापाठी वितरण गरीएको हो ।