आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट आज प्रस्तुत हुँदै

Image
maya metro

काठमाडौं – सरकारले आज आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आयव्यय (बजेट) प्रस्तुत गर्दै छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज अपराह्न संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । सरकारले आर्थिक सुधार गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट ल्याउने भएको छ ।

१७ खर्बभन्दा केही रकम बढ्ने गरेर अर्थ मन्त्रालयले बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट आएको थियो, जसलाई मध्यावधि समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब खर्च हुने अनुमान गरिएको थियो ।

nisarga