
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ६ का हेमराज अवस्थी १० कठ्ठा जमिनमा खेती गर्दै आएका छन् । वर्षा लागेसंगै रोपाईको तरखर गरेपनी रासायनीक मल पाउन भने सकेका छैनन् । “सधैँका वर्ष यस्तै हो,यस्पाली पनी पाईएला जस्तो छैन उनले भने बेर्ना १० दिन बढी भईसक्यो,वर्षा पनी सुरु भयो अब बिना मलकै भएपनी रोप्नुपर्यो ।” कैलालीमा हिजोराती देखी वर्षात सुरु भएको छ । वर्षा भएसंगै किसानले विना मल रोपाइँ सुरु गरेका छन् । गोदावरी नगरपालीका वडा नम्बर ८ का नर बहादुर रोकामगरले पनी मल नपाईएको बताए ।
“वर्षा लागीसक्यो,बेर्ना तयार भईसक्यो अब मल कुरेर भएन,मल त पाईने की नपाईने निश्चित हुँदैन त्यसैले रोपाइँ सुरु गर्यौँ” उनले भने। गोदावरी नगरपालीकाको कृषी शाखा प्रमुख नन्दी मल्लका अनुसार गोदावरी नगरपालीकामा ३४ ओटा सहकारी मार्फत मल वितरण हुँदै आएको छ । सहकारीहरुले धनगढीमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषी सामग्री कम्पनीबाट मल लिएर आँउछन् । साल्ट ट्रेडिङसंग हाल मल छैन् । साल्ट ट्रेडिङका सहायक कर्मचारी रामचन्द्र जोशीका अनुसार १ हजार ४१३ टन युरिया र १ हजार ८०४ टन डिएपी आउन बाँकी रहेको छ ।

भारतबाट आउने भएकाले मल पुग्न कति दिन लाग्छ भनेर भन्न सकिने अवस्था नरहेको जोशीले बताए । “असार २० गतेसम्म केहि मल पुग्छकी भन्ने हामीले अनुमान गरेका छौँ उनले भने यति नै दिनमा पुग्छ भनेर एकिन छैन । ” सुदूरपश्चिममा कञ्चनपुर र डोटीबाहेक सात जिल्लामा सरकारी अनुदानको मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीमा शुक्रबार ८४६ मेट्रिक टन डिएपी पुगेको छ ।कम्पनीका प्रमुख नवलसिहं बोगटीका अनुसार शुक्रबारदेखी बिक्रीकालगाी राखीएको छ तर यो पर्याप्त भने होईन । बाँकी कहिले पुग्छ भन्ने टुंगो नभएको उनले बताए ।
उत्त मल लिन सहकारीका प्रतिनिधीहरु आईरहेका छन् । जबकी सिजनमा १० हजार मेट्रिक टन डिएपी आवश्यक पर्छ । भारतकै भर पर्नुपर्ने भएकोले पनी कृषकले हरेक वर्ष खेतीको सिजनमा मलको अभाव भोग्दै आएका छन् ।
















