पन्ध्र हजार किसानलाई वर्गीकरण सहितको परिचयपत्र वितरण गर्ने अन्तिम तयारीमा गोदावरी नगरपालीका

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाले पन्ध्र हजार किसानलाई वर्गीकरण सहितको परिचयपत्र वितरण गर्ने तयारी गरेको छ।गत भदौको अन्तिम साता परिचयपत्र वितरण कार्यको शुभारम्भ गरेको गोदावरी नगरपालीकाले असार मसान्तभित्रै पन्ध्र हजार किसानलाई वर्गीकरण सहितको परिचयपत्र वितरण गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पहिलो चरणमा २५ जना किसानले परिचय पत्र प्राप्त गरेका थिए ।

नगरपालीकाको कृषी शाखा प्रमुख नन्दी मल्लका अनुसार रातो,सेतो हरियो र निलो गरी चार प्रकारका कार्ड रहेका छन् । किसानको अवस्था हेरी सफ्टवयर मार्फत वर्गीकरण गरीएको मल्लले बताईन् ।उनका अनुसार भूमिहीन, मजदुर,किसान,सीमान्तकृत र विपन्न किसानलाई एक श्रेणी रातो कार्ड, साना किसान, मझौला किसान र ठूला किसानलाई अलग अलग श्रेणीमा वर्गीकरण गरी परिचय पत्र उपलब्ध गराँईदैछ ।

nisarga

तीन कट्ठासम्म जग्गा भएका, कृषिबाट एक लाख भन्दा कम बार्षिक आय भएकालाई भूमिहीन, सीमान्तकृत, किसान मजदुरका रुपमा राखिएको छ । त्यस्ता किसानलाई १०० प्रतिशत अनुदान पाउने श्रेणीमा राखिएको छ । यीनीहरुलाई रातो कार्ड उपलब्ध गराईनेछ । चार कठ्ठादेखि १५ कठ्ठासम्म जग्गा भएका, कृषि कार्यबाट एक लाखदेखि पाँच लाख रुपैँयासम्म बार्षिक आम्दानी गर्ने किसानलाई साना किसानका रुपमा राखिएको छ । साना किसानलाई ७५ प्रतिशत अनुदान उपलब्ध गराइने छ । यिनीहरुले हरियो कार्ड पाउनेछन् । १५ कठ्ठा देखि तीन विघा जग्गा भएका, कृषिबाट पाँच लाख देखि १५ लाख बार्षिक आय भएका किसानलाई मझौला किसानका रुपमा राखिएको छ ।

मझौला किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ । मझौला किसानले पहेँलो कार्ड प्राप्त गर्नेछन् ।तीन विघा भन्दा बढी जग्गा भएका, कृषि कार्यबाट १५ लाख देखि ५० लाखसम्म आय भएका किसानलाई ठूला किसानका रुपमा राखेर परिचय पत्र वितरण गर्ने व्यवस्था गरिएको छ ।त्यस्ता किसानलाई गोदावरी नगरपालीकाको कृषी एन कार्यविधी अनुसार २५ प्रतिशत अनुदान उपलब्ध गराइने बताईएको छ ।

स्वयंम खेती नगर्ने, जग्गा भाडामा दिने, जागिर गर्ने, अर्कोलाई जग्गा कमाउन दिने किसानलाई सूचीकृत नगरिएको बताईएको छ । यिनीहरुले सेतो कार्ड पाउनेछन् । परिचय पत्र प्राप्त गरेका किसानले कार्डका आधारमा राज्यबाट पाउने कृषी सम्बन्धीको सेवा सुविधा पाउनेछन् । उत्त कार्यमा राष्ट्रिय कृषक समुह महासंघ नेपालले प्राविधीक सहयोग गरेको छ भने केयर नेपालले आर्थीक सहयोग गरेको छ ।