Attariya Hospital Pvt.Ltd.

अत्तरिया क्रिकेट क्लबले लोटस आइ क्रिकेट कपको आयोजना गर्ने

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया क्रिकेट क्लबले लोटस आइ क्रिकेट कपको आयोजना गर्ने भएको छ । क्लबले असोज १७ गतेदेखी २६ गतेसम्म लोटस आइ क्रिकेट कपको आयोजना गर्ने भएको हो ।

प्रतियोगिताबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष दिपेन्द्र गौतमले अत्तरियामा रहेको लोटस सेकेन्ड्री स्कुलले प्रतियोगिताको प्रायोजन गर्ने बताए ।

प्रतियोगितामा प्रदेशभर का ८ वटा टिम को सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टिमले नगद रु १ लाख , ट्रफी र मेडल उपलब्ध गराइने भएको छ । यस्तै दोस्रो हुने टिमले ५१ हजार नगद ट्रफी र मेडल पाउने छ ।

Siddi ganesh

प्रतियोगितामा सर्बोत्तकृष्ट खेलाडी,उत्कृष्ट ब्याटर र बलर लाई पनि पुरुष्कार को व्यवस्था गरिएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरु लिग चरण मा खेलाइने छ । प्रतियोगिताको कुल लगानी १२ लाख रहने क्लबका अध्यक्ष गौतमले बताएका छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.