Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिम ब्युटीपार्लर एसोसियसन शाखा अत्तरियाद्धारा आयोजित तिज विशेष कार्यक्रम सम्पन्न

padma
milan sunchadi

अत्तरिया – सुदूरपश्चिम ब्युटीपार्लर एसोसियसन शाखा अत्तरियाद्धारा आयोजित तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिम ब्युटीपार्लर एसोसियसन शाखा अत्तरियाले शुक्रबार अत्तरियास्थीत नमस्ते पार्टी प्यालेसमा तिज विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

सँस्थाकी अध्यक्ष दिपिका कुँवर हमालको सभापतित्वमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटा प्रमुख अतिथि रहेकी थिईन् भने प्रदेश सभा सदस्य खेमा देवी विष्ट र गोदावरी नगरपालीकाकी उपप्रमुख शारदा देवी रोकाया विशिष्ट अतिथि रहेकी थिईन् । कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटाले पछील्लो समय ब्युटीपार्लर व्यवशायबाट महिलाहरु आत्मनिर्भर हुने क्रम बढ्नु सकरात्मक पक्ष भएको बताईन् ।

sudur last

उनले अत्तरिया क्षेत्रमा ब्युटिसियनलाई नै पेशा बनाएर अघि बढ्नेहरुकालागी सुदूरपश्चिम ब्युटीपार्लर एसोसियसन शाखा अत्तरिया कोशे ढुंगा सावित हुनेमा आफु विश्वस्त रहेको बताईन् । सँस्थालाई आफ्नो तर्फबाट हुने सबै सहयोगकालागी सँधै तयार रहेको उनले बताईन् । उनले हिन्दु नेपाली नारी हरुको महान पर्वको रुपमा रहेको हरितालीका तिजलाई भड्कीलो नबनाई सँस्कृतिका रुपमा जर्गेना गर्नुपर्ने बताईन् । त्यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवी विष्टले पछील्लो समय ब्युटीसियन र ब्युटीपार्लरलाई हेर्ने दृष्टीकोण परिवर्तन भएको बताईन् । केहि समय अगाडीसम्म यो पेशा लाई व्यवशायीक बनाउनेहरु निकै कम रहेको भएपनी अहिले आकर्षण बढेको बताईन् ।

Siddi ganesh

अहिले हाम्रो समाज परिवर्तन भएको छ,हिजोका दिनमा बयुटीपार्लर पस्न लजाउने महिलाहरु अहिले पार्लर सञ्चालन गरेर बसीरहेका छन्,यो पेशाले महिला उधमीहरुलाई निकै आकर्षीत गरेको छ उनले भनीन् । उनले सँस्थासंग कुनै योजना भए आफुसंग समुन्वय गरेमा बजेटकालागी पहल गर्ने बताईन् । त्यस्तै गोदावरी नगरपालीकाकी उपप्रमुख शारदा देवी रोकायाले कार्यक्रममा बोल्दै नगरका तर्फबाट सकिने सहयोगकालागी आफु तयार रहेको बताईन् ।

उनले ब्युटीपार्लर व्यवशायबाट थुप्रै दिदिबहिनीहरु स्वरोजगार भएको बताँउदै प्रोत्साहन गर्न आफुहरु पछी नहट्ने बताईन् । सँस्थाकी अध्यक्ष दिपिका कुवर हमालले भर्खरै स्थापना भएको सँस्थालाई सम्बन्धीत सबैको सहयोगको खाँचो रहेको बताईन् । उत्त कार्यक्रममा विभीन्न संघ सँस्थाका प्रतिनिधी,सँस्थाका पदाधीकारी लगायत महिलाहरुको उपस्थीती रहेको थियो । कार्यक्रमका सहभागीहरुले दर खाँदै नाचगान गरी रमाईलो गरेका थिए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.