उपन्यास ‘ऐंठन’ले २०७९ सालको मदन पुरस्कार पायो

Image
maya metro

धनगढी – विवेक ओझाको उपन्यास ‘ऐंठन’ले २०७९ सालको मदन पुरस्कार पाएको छ।

आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐंठनलाई मदन पुरस्कार दिने निर्णय गरेको छ।

nisarga

त्यस्तै टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिने निर्णय भएको गुठीले बताएको छ।

ओझाको उपन्यास ‘ऐंठन’ सशस्त्र द्वन्द्व र त्यसको नेपाली समाजमा परेको प्रभावलाई केन्द्रमा राखेर लेखिएको छ। आख्यानकार ओझा कैलालीको टीकापुरका स्थायी बासिन्दा हुन् ।

दुबै पुरस्कार कोजागत पूर्णिमाको दिनमा अर्पण गरिन्छ।