बँदेललाई कृषि हानीकारक वन्यजन्तुका रूपमा घोषणा गर्ने सरकारको तयारी

Image
maya metro

काठमाडौँ – सरकारले बँदेललाई कृषि हानीकारक वन्यजन्तुका रूपमा घोषणा गर्ने तयारी थालेको छ।

सोमवार सिंहरदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले तत्काल बँदेललाई कृषि हानीकारक वन्यजन्तुका रूपमा घोषणा गरेर जाने तयारी भइरहेको बताए।

nisarga

उनले बाँदरको हकमा भने संसदमा सहमति गरेर वा संकल्प प्रस्ताव पास गरेर नगइकन सरकारबाट सिधै मार्ने, पक्रनेलगायतका काम गर्दा धार्मिक, सांस्कृतिक, पारम्परिकरूपमा प्रश्न उठ्ने बताए।

उनले मानव-जीवजन्तु द्वन्द्व समाधानका लागि ठाउँ-ठाउँमा ठूला वन्यजन्तु पार्क बताउनुपर्ने बताए। उनले अहिले सानो खोरमा ६ वटासम्म बाघ राख्ने गरेको उल्लेख गर्दै पशु अधिकारको हनन भएको बताए। वन्यजन्तुलाई व्यवस्थित बनाउन मन्त्रालयको बजेट अपर्याप्त रहेको उनको भनाइ थियो।