फारवेस्ट ट्यालेन्ट हन्टले सुदूरपश्चिममा ट्यालेन्ट सो आयोजना गर्ने

Image

अत्तीरया – फारवेस्ट ट्यालेन्ट हन्टले सुदूरपश्चिममा ट्यालेन्ट सो को आयोजना गर्ने भएको छ ।

आज कैलालीको अत्तीरयामा पत्रकार सम्मेलनको आयोजना गरी फारवेस्ट ट्यालेन्ट हन्टले सो बारे जानकारी गराएको हो । सो अन्र्तगत यहि असोज २७ गतेदेखी अडिसन सुरु गरीने प्रीन्स क्षेत्रिले बताए ।

क्षेत्रिले पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिमका नौ ओटै जिल्लामा पुगेर अडिसन गर्ने र फाईनल अडिसन धनगढीमा गर्ने बताए । उनले सबै कुराबाट पछाडी परेको सुदूरपश्चिममा केहि गर्ने उदेश्यले उत्त सो गर्न लागीएको बताए ।

२० दिन चल्ने सो मा १६ वर्षदेखी २३ वर्ष उमेर समुहका व्यत्तिहरुले सहभागीता जनाउन सक्नेछन् । आफुसंग कला,क्षमता भएर पनी प्रर्दशन गर्ने उचित स्थान नपाएका व्यत्तिहरुलाई उत्त सो ले लाभ पुर्याउनेमा आफुहरु विश्वस्त रहेको क्षेत्रीले बताएका छन् ।