बैतडीमा पीपीएल क्रिकेट शुरु

Image
maya metro

बैतडी – जिल्लाको पाटनमा आइतबारदेखि तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) शुरू भएको छ। पाटन ६ स्थित कृष्ण माविको खेलमैदानमा प्रतियोगिताको औपचारिक उद्घाटन सहित दुई खेल सम्पन्न भएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा दशरथचन्द स्मृति प्रतिष्ठान विजयी भएको छ। उसले ग्वाल्लेक क्रिकेट क्लबलाई ८२ रनले हराएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए। ५८ रनको अर्धशतकीय पारी खेल्ने प्रतिष्ठानका तिरुवा म्यान आफ द म्याच चुनिए ।

nisarga

यसैगरी दोस्रो खेलमा मेलौली नगरपालिकालाई १२१ रनले स्तब्ध पार्दै टिम क्वालीटी कैलपालले सुखद शुरुआत गर्‍यो। शतकीय पारी खेलेका कैलपालका चन्द म्यान आफ द म्याच चुनिए।

प्रतियोगिताको दोस्रो दिन सोमबार तीन खेल हुनेछ। पहिलो खेलमा टिम क्वालीटी कैलपाल र दशरथचन्द प्रतिष्ठान दोस्रोमा भुमेश्वर युवा क्लब र सहस्रलिङ्ग क्रिकेट क्लब र तेस्रोमा मेलौली नगरपालिका र ग्वाल्लेक क्रिकेट क्लब आमनेसामने हुनेछन् ।

१७ टोली सहभागी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र द्वितीय हुने टिमले ५५ हजार ५५५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।